पर्यटकको पर्खाइमा लमजुङका घरवास
लमजुङ । जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ । नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास, भलामचौर, भुस्मे, नरुवाललगायत घरवासमा गत चैत १५ गतेयता मुस्किलले १०÷१५ जना आउने गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव र बर्खा लाग्दा पर्यटक आगमन ह्वात्तै घटेको सञ्चालक बताउँछन् । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवासमा चुनाव अघिसम्म दैनिक डेढ सयदेखि २०० पर्यटक आउने गरेका थिए । त्यसयता ३०÷४० जना मात्र आउने गरेको सञ्चालक दिर्घ घलेले बताए । उनले भने, “कोरोनाले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा फेरी पर्यटक आउन छाडेका छन् । पर्यटक नआउँदा आम्दानी रोकिएको छ ।” वर्खा लागेकाले घरवास सञ्चालक चिन्तित बनेका छन् थप पढ्नुहोस् ...

