सवारी दुर्घटनामा तीनको मृत्यु
इनरुवा । सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ । त्यसैगरी इनरुवा–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र-८ का २७ वर्षीय जीवन राउत गम्भीर घाइते भएकामा उहाँको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस् ...

