सुनचाँदी

सुनको मुल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० मंसिर २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार