सुनको मुल्य घट्यो
काठमाडैँ । आज सोमबार सुनको मुल्य घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । थप पढ्नुहोस् ...








