सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुव्र्यसनकर्ताको अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको ११ महिना ९जेठ मसान्त०मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एक सय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागुऔषध ब्राउन सुगर, चरेशलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको थप पढ्नुहोस् ...






