सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी
काठमाडौँ । पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो । प्रदेश नं १ सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकारसमेतको सहभागितामा मर्मत सुरु गरिएको बताए । नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् । पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ । सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध थप पढ्नुहोस् ...

