बीस हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी
राँझा । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र सोअन्तर्गतका छ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । थप पढ्नुहोस् ...


