साहित्यकार विकल्पलाई ‘शक्ति पुरस्कार’
बागलुङ । रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ । रु आठ हजार राशिको उक्त पुरस्कार शुक्रबार यहाँ आयोजित संस्थाको ३० औँ वार्षिकोत्सव समारोहमा साहित्यकार विकल्पलाई समर्पण गरिएको हो । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत उहाँलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए। समारोहमा साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरे । पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहनुभएका विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’, गजल सङ्ग्रह ‘लालीगुराँस फूल्ने मन’लगायत कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आउनुभएको छ । यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम थप पढ्नुहोस् ...

