मस्कले गरे ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी
न्युयोर्क । सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ । दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलब २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्वीटरको विश्वास छ । तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्वीटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन् । गत जुलाईमा अर्बपति मस्कले ट्वीटर थप पढ्नुहोस् ...

