तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’
पाल्पा । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ । जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। उनी देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न छन् । उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बन्ने गरेका छन् । जापानमा जन्मिएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहेका छन्। शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग गरेका थप पढ्नुहोस् ...



