तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने
भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज आयोजना गरिने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा साइकल कनेक्ट संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै कार्यक्रमका संयोजक सुमित बालाले शनिबार बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरबाट साइकल यात्रा सुरु हुने बताए । विगत तीन वर्षदेखि सफलतापूर्वक निरन्तर सञ्चालन हुँदै आएको कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा यस वर्ष छ सय साइकल यात्रीको सहभागिता रहने उनले जानकारी गराए ।संयोजक बालाले भने, “भक्तपुरका साइकलप्रेमीहरूको टोलीसहित यस संस्थाको आयोजनामा साइक्लिङ च्यालेन्ज आयोजना गर्ने भएका हौँ, भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेका हौँ, यसले अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको साइकलबाटै थप पढ्नुहोस् ...