सर्वोच्च

बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध बुधबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन

काठमाडौँ । नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध बुधबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएका छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो । सो क्रममा प्रदर्शनकारीले प्रधानन्यायधिशको राजीनामा माग गर्दै नारावाजी गरेका थिए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंसिर ३ गतेभित्र राजीनामा नदिए अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बिरोधपछि बारमा आयोजित सभामा अधिवक्ताहरुले न्यायालयमा विकृति ल्याएकाले प्रधानन्यायधिशबिरुद्ध आन्दोलन गर्नुपरेको बताए । बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशले घुस पाएर फैसला गर्ने भएकाले आन्दोलन गर्नुपरेको बताए । घुस खाएका न्यायाधीशले फैसलामा अवैधलाई अवैध भन्न नसकेको पनि उनले बताए । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशबाट जबराले राजीनामा नदिएसम्म नेपाल बारले आन्दोलन गरिराख्ने उल्लेख गरे । प्रधानन्यायधिशको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ मंसिर २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार