समाज

विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट स्वीकृती

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपतिक्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुनसकेको थिएन । पशुपतिक्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८÷२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार