केपी ओली मुलुककै लागि घाँडो हुन : अध्यक्ष नेपाल
विराटनगर । गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मुलुककै लागि घाँडो भएको बताएका छन । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताएका छन । 'मुलुक, लोकतन्त्र, संविधान र जनताकै निम्ति ओली घाँडो हुन्,' उनले भने, 'ओली परिवर्तनका विरोधी हुन् ।' आगामी निर्वाचनमा बामपन्थको नाममा ओलीजस्तो बर्को ओढेकाहरुलाई पराजित गर्नुपर्ने उनको भनाइ छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भजपा (भारतीय जनता पार्टी) को कार्यालयमा पुगेको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । 'म पनि प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ । देशको प्रतिनिधि भएर बाहिरी मुलुकको भ्रमणमा जाँदा दलको पार्टी कार्यालयमा जानु उचित हैन,' उनले भने, 'पार्टीगत भ्रमणमा जाँदा भाजपाको कार्यालय पुगेको भए ठीकै हुन्थ्यो । प्रधानमन्त्रीको यो काम व्यक्तिगतरुपमा मलाई थप पढ्नुहोस् ...


