गरिबी र अभावमा समाजवाद आउँदैन : अर्थमन्त्री शर्मा
रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताएका हुन । ‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान संभव छैन ।’ उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्छ ।’ मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिए । अबको पाँचदेखि सातवर्षभित्र रुकुममागरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै उनले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गरे । कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन थप पढ्नुहोस् ...



