प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना सन्देश
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दैै उक्त शुभकामना व्यक्त गरेका छन् । “नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको छ, पटक–पटक संविधान बदल्लै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आमविश्वास रहेको छ ।” शुभकामना सन्देशमा सभामुख थप पढ्नुहोस् ...




