सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
भैरहवा । जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा जिल्लामा १५९ दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट १५९ गम्भीर र ५६ सामान्य घाइते भएका छन् । गत आव २०७७÷७८ मा २४३ दुर्घटना हँुदा ८२ जनाको मृत्यु भएको थियो । यो चालु आवभन्दा कम हो । आव २०७६/७७ मा १९४ दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी थप पढ्नुहोस् ...

