गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए । सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गरे । आव २०७८–७९ थप पढ्नुहोस् ...





