नेवार समुदायको हकहितका लागि राजनीति गर्न हुँदैन : मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए । “नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् । आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।” श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उहाँले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए । “ जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु । मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने थप पढ्नुहोस् ...