श्रीलङ्कामा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । खेलको ३९ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६३ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार