श्रीलंकाविरुद्धको

घरेलु टोली श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला

काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको लगातार दोस्रो टी-२० खेलमा विजयी हुँदै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ । बुधबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हरायो । योसँगै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनायो । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍याे। श्रीलंकाका चारिथ असलंकाले सर्वाधिक ३९ रन तथा कुशल मेन्डीसले ३६ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले सर्वाधिक ४ विकेट लिए । उज्यालो नेटवर्कका अन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार