पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी
ललितपुर । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ । मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको जानुभयो । उनले भने, “आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौँ ।” दर्शनार्थीलाई सुव्यवस्थित मेला भराइने उनले जानकारी गराए । महिला तथा पुरुष भक्तजनलाई छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन थप पढ्नुहोस् ...

