शारीरिक सुगठन

एशियन शारीरिक सुगठनमा नेपालका राजुलाई कास्य

काठमाडौँ ।  नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्सअन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन् । राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए ।   २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन् । यसअघि पनि नेपाली खेलाडीहरूले एशियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राई पनि प्रतियोगी छन् । सुजिताले सोमबार आफ्नो फिजिक्स अन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार