राष्ट्र र जनताको हितमा काम गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको आग्रह
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा आज आयोजीत नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी नापी अधिकृतहरुलाई शुभकामना दिदै जिम्मेवार भएर राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले मन्त्रालय र नापी विभागप्रति रहेका नकारात्मक सन्देशलाई परिवर्तन गर्ने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धीत कर्मचारी अझै जिम्मेवार बन्नु पर्नेमा उनको जोड थियो । मन्त्री श्रेष्ठले सरुवा र बढुवाका लागि कर्मचारीहरु नेता तथा हाकिमको कोठा र घर चाहर्ने कामको अब अन्त्य गर्नु पर्ने भन्दै थप पढ्नुहोस् ...


