वैवाहिक बन्धनमा बाँधिए किरण र कन्चन
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् । चेम्जोङले विमान परिचारिका रहेकी प्रेमिका कन्चन निरौलासँग विवाह गरेका हुन् । बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । किरणले कन्चनलाई साउन १७ गते माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

