धादिङमा एक वृद्धाको विभत्स हत्या गरि लुटपाट
मिलन लामा/ धादिङ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर १ डाडागाँउमा एक वृद्धाको हत्या गरि गरगहना र केही नगद जिन्सी रकम लुटपाट गरेको छ । घरमा एक्लै बस्दै आएकी अन्दाजी ६९ वर्षीय तीर्थमाया तामाङको करिब राति ८ बजेको समयमा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उक्त घट्नामा संलग्नताको आरोपमा आफ्नै ज्वाईको भतिजो नाता पर्ने बहादुर तामाङ ‘ठुले’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सीको नसामा रहेको तामाङले गरगहना र नगद लुट्ने उदेश्यले हत्या गरेको हुनसक्ने प्रहरीले बताए । पक्राउ गरेका तामाङको कपडामा समेत रगतको दाग लागेको अवस्थामा भेटेपछि उनलाई थप अनुसन्धान गरिरहेका छन् । प्रहरीका अनुसार उक्त घट्नमा अरु पनि संलग्नता हुनसक्ने भएकोले अनुसन्धान भइरहेको बताएका छन् । मृतक महिलाको टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या थप पढ्नुहोस् ...


