लोक पप किङ तिलक बम मल्ल र विश्वकिर्तीमानी लक्षु प्रकाशले ‘घुम पाघुम घुम’ ल्याउँदै
काठमाडौँ । लोक पप किङ तिलक बम मल्ल र विश्वकिर्तीमानी लक्षु प्रकाश मल्लको स्वरमा 'घुम पाघुम घुम' र 'झन बिहानी' बोलको गीत एकैसाथ बजारमा आउने भएको छ । गायक तिलक बम मल्ल परिवेश ब्याण्डका चर्चित गायक हुन । उनको 'मुटु छुने लुलेको हावाले', ट्याक्सी गूड्यो सरर, हातमा रुमाल हल्लाउने नानीले लगायत थुप्रै गीतहरु हिट छन । लक्षु प्रकाश मल्ल 'म वियोगमा बाचिँरहे' गीतमा इ- क्रोमाटिक स्केलमा संगीत गरेर विश्व किर्तिमानी राखेका गायक एंव संगीतकार हुन । उनले नेपालको सबैभन्दा लामो 'आइ लभ यु' बोलको गीत गाएर पनि कृयटिभ रेकर्डस नेपालमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन । गायक एवम संगीतकार लक्षु प्रकाश मल्लले संगीत गरेका गायक समिर तामाङले गाएका 'जन्मिए पछी बाँचुनजेलसम्म' लगायत दर्जनौ गीतहरु हिट छन । जुन थप पढ्नुहोस् ...

