विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल
काठमाडौँ । हरिबोधनी एकादशीका दिन आज विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । कोभिड अघि जस्तो खचाखच दर्शनार्थीको घुइँचो नभएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । उनले भने, “मन्दिर आउने भक्तजनको कमी भने छैन तर आउने जाने क्रम चाँही जारीनै रहेको छ । चार नारायण दर्शन गर्ने मानिस पनि यो वर्ष थोरै भित्रिएका छन् ।” विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले लाइन बसेको २० मिनेटमै दर्शन गर्न पाउने अवस्था रहेको छ भने । गोदावरी नगरपालिका–२ मा सो मन्दिर अस्थित रहेको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मुलुकमा नाम चलेका चार नारायणमध्ये यो एक हो । शनिबार विभिन्न सङ्घ संस्थाको सहयोगमा मेलाका लागि मन्दिर थप पढ्नुहोस् ...