दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दो,प्रभावकारी हुन सकेन फोर जि सेवा
दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् । नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् । उहाँका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पु¥याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३०५, रोल्पामा ४४९, प्यूठानमा १५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताउनुभयो । प्रभावहीन फोरजी दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको थप पढ्नुहोस् ...








