जतताको चुलो बाल्ने कुरामा सरकार गम्भीर भएन : प्रवक्ता शर्मा
चितवन । नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले वर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको आरोप लगाउनु भएको छ । चितवनको खैरहनीमा भएको उपनिर्वाचनको चुनावीसभा खैरहनी नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको लागि हुने उप निर्वाचनको कार्यक्रम मार्फत प्रवक्ता शर्माले शान्ति सुरक्षादेखि जतताको चुलो बाल्ने कुरामा सरकार गम्भीर नभएको उल्लेख गर्नुभयो । खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेद्धार देव बहादुर बस्नेतको पक्षमा मत माग्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु डीना उपाध्याय, सरिता प्रसाई, शेषनाथ अधिकारी, नेपाली कांग्रेसका पार्टी सभापति जीतनारायण श्रेष्ठ लगाएका ब्यक्तिहरुको उपस्थित रहेको थियो । थप पढ्नुहोस् ...














