फेसबुक अकाउन्ट डिलीट गर्न अपील
काठमाडौँ । फेसबुकको गोपनीयता र एन्क्रिप्शन माथि प्रश्न गर्दै कम्प्यूटर प्रोग्रामर र व्हाट्सएपको सह संस्थापक ब्रायन एक्टनले कम्पनीको सीईओ मार्क जुकरबर्गको बारेमा बिचार राखेका छन् । उनले यूजर्सलाई फेसबुक अकाउन्ट डिलीट गर्न अपील गरेका छन् । adad नवप्रवर्तनक खोजि र कम्प्यूटरको नयाँ भविष्यको लागि सान् फ्रान्सिस्कोमा आयोजित वायर्ड २५ को शिखर सम्मेलनको क्रममा ब्रायन एक्टनले भनेका छन्," यदि प्रयोगकर्ताहरु फेसबुकमा विज्ञापनको अत्याधिक फ्लोसंग खुशी हुन्छन् भने फेसबुक चलाउन सक्छन् ।" यूजर प्राइभेसीको हस्तक्षेपको विषयलाई लिएर फेसबुक अहिले कठोर जाँचको सामना गरिरेको छ । एक्टन आफ्नो फेसबुक छोड्ने निर्णयमा अडिग छन् । मार्चमा उनले स्टेनफोर्ड यूनिभर्सिटीको विद्यार्थीलाई फेसबुक खाता डिलीट गर्न भन्दै फेसबुकबाट आफ्नो मतभेद सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनले जुकरबर्गलाई आफ्नो व्हाट्सएप बेच्नुको कारण पनि स्पष्ट गरेका थिए थप पढ्नुहोस् ...







