कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन
टीकापुर । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । “किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन”, विकले भने, “किताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।” टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्छन । उनले पनि अझै पाठ्यपुस्तक हातमा पाएका थप पढ्नुहोस् ...




