विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या
बझाङ । स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उहाँले बताउनुभयो । बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन् ।विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो । उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताए । उनले भने,“सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या थप पढ्नुहोस् ...






