श्वेत भैरव नाचका लागि नवदुर्गा मन्दिरमा राष्ट्रपतिद्वारा पूजा
पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी उनले पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी गराए । परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आएको नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताए । आज अपरान्ह यो नृत्य मञ्चन गरिने छ । श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताए । साउन १० गते घण्टाकर्ण चतुर्दशी (गठेमङ्गल)देखि सुरु थप पढ्नुहोस् ...



