बढ्दो अमेरिका–चीन द्वन्द्वबीच आसियान राष्ट्र सम्बन्ध विस्तारमा
काठमाडौँ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको विशेष बैठकले अमेरिका र चीनबीचको बढ्दो द्वन्द्वलाई दृष्टिगत गरी सदस्य राष्ट्रबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएको छ । भारत र सिङ्गापुरको सह–अध्यक्षतामा आज यहाँ शुरू भएको उक्त बैठकले युक्रेनमा जारी आक्रमणले यस क्षेत्रको शान्ति र स्थायित्वमा जोखिम थपेको तथा संयुक्त राज्य अमेरिका र चीनबीचको चर्को द्वन्द्वले पारस्परिक सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको हो । भारतका विदेश मन्त्री एस जयशङ्करले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र युक्रेन युद्धको भूराजनीतिक प्रभावको सामना गरिरहेका बताउँदै खाद्य र ऊर्जा सुरक्षाका साथै मलखाद एवम् दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनपेक्षित रूपमा बढेको तथा आपूर्ति शृङ्खला भएको अवरोधले यस क्षेत्रमा असर परेको बताए । भारतले बलियो, एकीकृत, समृद्ध आसियानलाई पूर्ण रूपमा समर्थन गर्ने बताए । सिङ्गापुरका विदेशमन्त्री भिभियन थप पढ्नुहोस् ...





