तातोपानी नाका पुनः सञ्चालन हुन १० दिन लाग्ने
सिन्धुपाल्चोक । तिब्बतको खासा बजार नजिक अवस्थित रमितेमा सडकको बीच भाग करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए । यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन/चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् । थप पढ्नुहोस् ...






