बागमती प्रदेश युवा नीतिको मस्यौदा तयार
काठमाडौँ । वाग्मती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूलप्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित् गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सिर्जनशीलताको पर्यायका रुपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा आज सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवामन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रुपमा तयार गरिने बताए । उनले प्रदेश सरकारले युवा क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै युवा नीतिले युवाका समस्या समाधान तर्फ केन्द्रित हुने बताए । “हिजो हामी युवाका जुन कुरा उठाइरहेका थियौँ । आज त्यही कुरा सम्बोधन गर्ने ठाउँमा रहेका छौँ” उनले भने, “नीतिले प्रदेशमा रहेका स्रोत साधन प्रयोग गरी थप पढ्नुहोस् ...