शङ्खमूल पुलमुनिबाट चार मेट्रिकटन फोहर व्यवस्थापन
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासाथ प्रत्येक हप्ता आज भइरहेको वाग्मती सफाइ महाअभियान आजदेखि चारसय ८८औँ हप्तामा प्रवेश गरेको छ । शङ्खमूल पुलमा भएको सफाइबाट नकुहिने चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, लायन्स क्लबका पूर्वगभर्नर सुष्मा शर्मालगायत अभियानकर्मीको सहभागिता थियो । काठमाडौँ फरेस्ट कलेज, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, लायन्स क्लब अफ सिद्धार्थ गौतमबुद्ध, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी, नागरिक सहयोग सञ्जाल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, मेची महाकाली सफाइ अभियान एवं वाग्मती अभियानकर्मीको सक्रियतामा वाग्मती नदीभित्र र किनार क्षेत्रमा सफाइ गरिएको हो । लायन्स क्लबका पूर्वगभर्नर सुष्मा शर्माको पहलमा विभिन्न लायन्स थप पढ्नुहोस् ...


