वर्षाबाट

चैतको वर्षाले राहत : डढेलो नियन्त्रण

महोत्तरी । महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए । जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो । पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ । रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।  उज्यालो नेटवर्कका अन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ चैत्र २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार