वन कर्मचारीको मेलोमतमा खयरको काठ तस्करी
सिराहा । डिभिजन वन कर्यालय सिराहा लहानले वन कर्मचारी र तस्करको मिलेमतोमा स : मिलमा पुर्याएको ठूलो परिमाणमा काठ वरामद गरिएको छ। काठ तस्करहरुले अवैध रुपमा कटान गरि मिर्चैया नगरपालिका ९ घुर्मी पुल छेउमा रहेको लक्ष्मी नारायण स : मिलसम्म पुर्याएको ६८ थान खयरको गोलिया बरामद गरेको हो। सिरहाको मिर्चैया नगरपालिका ९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाबाट अवैध रुपमा खयर र सिसौ जातका रूख कटान गरी स : मिल सम्म ल्याइएको थियो। सव डिभिजन वन कार्यालय चोहर्वा र सव डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा गत बिहीबार राती कटान गरिएको खयरको काठ स : मिलसम्म पुगेको स्थानीयको आरोप छ। काठसँगै मिलका संचालक मदन ठाकुर समेत पक्राउ गरेपनी तत्काल रकम लेनदेनमा छोडेको नाम नबताउने सर्तमा वनकै एक कर्मचारीले बताए। सव डिभिजन थप पढ्नुहोस् ...

