वडा कार्यालयबाट

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङ ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । नयाँ आर्थिक वर्ष २०७९÷८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिने छ । त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिनुभयो । पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो । उज्यालो नेटवर्कका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ असार २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार