लुम्बिनी प्रदेश सभाको भवन निर्माण सकियो, रङरोगन बाँकी
देउखुरी । लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ । भवन निर्माणको काम सकिएपनि रङरोगन लगायतको बाँकी रहेको हो । दुई वर्षअघि वाईबी ईन्फ्रास्टक्चर एण्ड सप्लायर्सले निर्माण ठेक्का लिएको यो काम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा केही समय ढिला भएको हो । अहिलेसम्म भवनको काम सकिएपनि भित्री काम बाँकी छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार प्रदेश सभा भवन निर्माणको ९५ प्रतिशत काम सकिएको छ । उनले भने,–। ‘अब लाइट र साउण्ड सिस्टम जडान गर्न बाँकी छ, भवनको काम सकिएको छ ।’ प्रदेशसभा भवन आगामी असौजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी थप पढ्नुहोस् ...