लिभरपुलको जितमा नुनेजको चार गोल
काठमाडौँ । डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ । बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे । अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबीच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

