लालबन्दीबाट दुई अर्बको तरकारी निकासी
सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को रकम सङ्कलन गरेको हो । साथै आव २०७८÷७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५०० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । आव २०७८÷७९ को पहिलो महिना साउनमा ५५ लाख थप पढ्नुहोस् ...

