माटोका भाँडा किन्नेको भीड
सप्तरी । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए । चार्डपर्व नजकिँदै गर्दा ठाउँ/ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैँलो लगायतका खरिदबिक्री भइरहेको व्यापारी बताए। साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन् लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि थप पढ्नुहोस् ...

