ठूलो परिमाणको अवैध लागूऔषध सहित रौतहटका राई पक्राउ
रौतहट । ठूलो परिमाणको अवैध लागुऔषध सहित रौतहटमा एक युवक पक्राउ परेका छन् । सोमबार साँझ ७ बजेको समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागु औषध नियन्त्रण ब्युरो विरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थितमा रहेको संजय होटलबाट नियन्त्रण लिन सफल भएको हो । लागु औषधको कारोबार गर्दै होटलमा डिल गरेर बसिरहको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रनिगाहपुर वडा नं ६ स्थित गुम्बाटोल बस्ने वर्ष ३२ का करण राई रहेका छन् । पक्राउ परेका राईको साथबाट लागु औषध नाईट्रोभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप(३८ बोतल सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सहित पक्राउ गरी थप थप पढ्नुहोस् ...

