टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा शुभारम्भ
रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लामा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बिच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गरेका हुन । टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर , स्वास्थ्य कार्यालयका कोल्ड चैन निरिक्षक त्रिलोकी सिंह , लेखा अधिकृत नारायण भट्टराई , प्रतापपुर स्वास्थ्य शाखा हे.अ विनोद कुमार कोहार , प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल र स्वास्थ्यकर्मी लगायतका उपस्थिति थियोे । प्रतापपुर गाउँपालिकामा ४० वटा खोप केन्द्रबाट विद्यालय भित्र र विद्यालय बाहिरका करिब १६ हजार ४ सय ४ बालबालिकालाई उक्त खोप दिइने प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । प्रतापपुर थप पढ्नुहोस् ...

