रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा
भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो बनाउन पछिल्लो समयमा औषधिको प्रयोग गर्नाले पनि मूल्यमा कमी आएको व्यवसायी सुजन राईको भनाइ छ । किसानले जेठ, असारमा रुद्राक्षको बोटमा औषधिको प्रयोग गर्ने गरेका छन् । रुद्राक्षको मुखदार दानाको मूल्य रु १० हजारदेखि रु ४० लाखसम्म पर्ने व्यवसायी राईको भनाइ छ । आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । वबजारमा सबै बढी २१ मुखे दानाको माग रहेको छ । २१ मुखे थप पढ्नुहोस् ...

