मल अभाव छैन : कृषि सामग्री कम्पनी
चन्द्रपुर । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै आएको छ । प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ । सोहि पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धाण गर्ने जनाइएको छ । जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ । स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल थप पढ्नुहोस् ...






