राष्ट्रिय खेलकुदका लागि छनोट सुरु
म्याग्दी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ । भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सोह« खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “सम्बन्धित खेलकुद सङ्घसँग समन्वय गरेर खेलाडी छनोटको काम भइरहेको छ”, उनले भने, “जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइ राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि छ ।” जिल्लामा अन्य खेलका भदौ १० गतेसम्म छनोट गर्ने अध्यक्ष केसीले बताउनुभयो । थप पढ्नुहोस् ...